------ गजल -----
मुटुनै जल्नु जल्यो, उनकै यादमाजीवन गल्नु गल्यो, उनकै यादमा
विछोड मन भित्र, रोपिने धारिलो
कटारी चल्नु चल्यो, उनकै यादमा
रातमा निन्द्रा छैन, न त भोक नै
समय ढल्नु ढल्यो, उनकै यादमा
कहिले हुन्छ भेट, प्रतिक्षा घडिले
नयन छल्नु छल्यो, उनकै यादमा