Tuesday, 2 September 2014

तिम्रो दर्दनाक घाँउ, देख्छु मेरो मनले ।


तिम्रो दर्दनाक घाँउ, देख्छु मेरो मनले ।
भयो नजलाऊ दिल, सेक्छु मेरो मनले ।।

गुण लाएकोछौ तर, किन भन्छौ बैगुनी ।
हाम्रो जीवनको कथा, लेख्छु मेरो मनले ।।

वाँचा बन्धनको सिमा, छैन मैले भुलेको ।
तड्पी सारङ्गीको धुन, रेट्छु मेरो मनले ।।

बरु विषपनी लिन्छु, तिम्रो लागी पिउँछु ।
पापी हत्याराको नाम, टेक्छु मेरो मनले ।।

हाम्रो इतिहास ग्रन्थ, अनीे प्रेम कहानी ।
मेरो जिन्दगीको दुःख, छेक्छु मेरो मनले ।

Monday, 25 August 2014

------ गजल -----


------ गजल -----
मुटुनै जल्नु जल्यो, उनकै यादमा
जीवन गल्नु गल्यो, उनकै यादमा

विछोड मन भित्र, रोपिने धारिलो
कटारी चल्नु चल्यो, उनकै यादमा

रातमा निन्द्रा छैन, न त भोक नै
समय ढल्नु ढल्यो, उनकै यादमा

कहिले हुन्छ भेट, प्रतिक्षा घडिले
नयन छल्नु छल्यो, उनकै यादमा
गजल
धेरै वर्ष, दिन अनि, रात भुलेको छु
तिम्रै यादमा आप्mनै, जात भुलेको छु

कोइलीको स्वरमा, अर्कै बोली बोल्दा
बैगुनीको तिखा तिता, वात भुलेको छु

विपनीमा नभए नी, सपनिमा सँगै हुँदा
यो एक्लो जिन्दगीको, साथ भुलेको छु

दुःखी भइ रुने, घाइते मेरो जीवनमा
नव मनको स्पर्शले, घात भुलेको छु