Tuesday, 2 September 2014

तिम्रो दर्दनाक घाँउ, देख्छु मेरो मनले ।


तिम्रो दर्दनाक घाँउ, देख्छु मेरो मनले ।
भयो नजलाऊ दिल, सेक्छु मेरो मनले ।।

गुण लाएकोछौ तर, किन भन्छौ बैगुनी ।
हाम्रो जीवनको कथा, लेख्छु मेरो मनले ।।

वाँचा बन्धनको सिमा, छैन मैले भुलेको ।
तड्पी सारङ्गीको धुन, रेट्छु मेरो मनले ।।

बरु विषपनी लिन्छु, तिम्रो लागी पिउँछु ।
पापी हत्याराको नाम, टेक्छु मेरो मनले ।।

हाम्रो इतिहास ग्रन्थ, अनीे प्रेम कहानी ।
मेरो जिन्दगीको दुःख, छेक्छु मेरो मनले ।

No comments:

Post a Comment